Nepal Life

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 May 17 11:44
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं। आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो। सुनको मूल्य आज ७ सयले घटेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ।

यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ।

चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ। बिहीबार तोलामा रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया