NIMB Header 2
Nepal Life

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो : साउनदेखि चैतसम्म भित्रिए ४ हजार ७०६, अधिकांश विद्युतीय

Muktinath Bank
  • BFIS News
  • 2024 May 17 13:46
रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो : साउनदेखि चैतसम्म भित्रिए ४ हजार ७०६, अधिकांश विद्युतीय
National Life

काठमाडौं। नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ।

ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ सवारी साधन आयात भएका छन्। तीमध्ये चार हजार छ सय ७९ विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।

NIMB

विसं २०७२ को मङ्सिरपश्चात् रसुवागढी नाकाबाट पाँच हजार आठ सय ५० सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका कार्यालयका सूचना प्रविधि अधिकृत निर्मल कँडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भन्सार क्षेत्रभित्र प्रवेश गरी काठमाडौँतर्फ प्रस्थान गर्नका लागि दर्जनौँ सवारी साधनले प्रक्रिया गरिरहेका छन्।

विद्युतीय कारको खरिद मूल्य भने चिनियाँ उत्पादक कम्पनीमा रु २८ लाख ५१ हजार र भन्सार शुल्क रु ११ लाख ९८ हजार पर्ने बताइएको छ।  

भन्सार कार्यालयले चालु आवमा नियमानुसारको दररेटबाट मनग्य कर असुली गरेको जनाएको छ। चालु आवको नौ महिनामा रु १५ अर्ब ७७ करोड राजस्व असुली भएको हो। तुलनात्मक हिसाबले एक सय ६६ प्रतिशत राजस्व वृद्वि भएको छ।

गत वर्षको यस अवधिमा रु पाँच अर्ब ९४ करोड मात्र असुली भएको थियो। ठूलो सङ्ख्यामा चीनबाट सवारी साधन आयात भएकाले चालु आवमा करबापतको राजस्व बढेको हो।

चालु आवको नौ महिनामा रु ४८ अर्ब ५९ करोड बराबरको सामग्री आयात भएको थियो। आयातीत सामग्रीहरूमा साना–ठूला सवारी साधन, इलेक्ट्री सामान, जुत्ता, चप्पल, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री रहेका छन्।

गत वर्षको तुलनामा ८९ प्रतिशतले आयात बढेको भन्सार तथ्याङ्कले देखाएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया