NIMB Header 2
Nepal Life

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना

National Life
  • BFIS News
  • 2024 May 17 18:02
इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना
Sanima Reliance

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई ‘थिङ्क ट्याङ्क’को रूपमा विकास गर्न तथा आफ्नै भवनबाट सस्थाका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो ।

Shikhar
NIMB

शुक्रबार काठमाडौंमा भएको इप्पानको २२ औँ साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रूपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए। “दूरगामी रूपमा प्रभाव पार्ने खालका दुईवटा कोषहरूको दूरदृष्टि, उद्देश्य र प्रस्तावित कार्ययोजनासहित कोष स्थापना गरिएको छ, यसले सदस्यहरूलाई सङ्गठित गर्ने, नीतिगत र कार्यक्रमगत लबिङ गर्ने तथा विभिन्न खोज, अनुसन्धान गर्ने कामहरू अघि बढ्नेछन्”, उनले भने।

उनका अनुसार इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी सङ्गठन भएकाले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्याङ्क, जानकरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरू संस्थागत रूपमा सङ्कलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो ।

रु ३ करोड सङ्कलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ । ऊर्जा प्रवर्द्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरूबाट रकम सङ्कलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ ।

इप्पानले ऊर्जा क्षेत्रले, सामाजिक, कुल ग्राहस्थ उत्पादन (जिडीपी), बैंक तथा वित्तीय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सिर्जनामा पुर्याएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था, निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाहरूमा देखिएका समस्याहरूको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्याङ्क र सामग्री प्रकाशनलगायतका कार्य गर्ने लक्ष्य राखेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया