NIMB Header 2
Nepal Life

निर्यात क्षमता १० अर्ब पुर्याउने लक्ष्य सहित चेम्बरको ४९ औं कार्ययोजना

Muktinath Bank
  • BFIS News
  • 2024 May 20 10:22
निर्यात क्षमता १० अर्ब पुर्याउने लक्ष्य सहित चेम्बरको ४९ औं कार्ययोजना
National Life

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ बराबर पुर्‍याउने लक्ष्य राखेर ४९ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

Shikhar
NIMB

आगामी तीन वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवर्धन गर्न तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसँगै विदेशी लगानी आकर्षित गरी उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गरिने कार्ययोजनामा उल्लेख छ ।

चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको कार्ययोजनामा राजस्वमा नीतिगत सुधार, उचित वित्तीय व्यवस्थापन र कृषिको उत्पादन वृद्धि एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणलगायतका कार्ययोजना छन् । 

पत्रकार सम्मेलनमा चेम्बर अध्यक्ष कमलेश अग्रवाल विश्व व्यापार सङ्गठनको सदस्य बनेयता नेपालले निरन्तर व्यापार घाटा बेहोरिरहेको उल्लेख गर्दै आयात निर्यातको असमान अवस्थालाई घटाउन निर्यातयोग्य वस्तुको पहिचान एवं प्रवर्धन गरी निर्यातको वतावरण बनाउनुपर्ने बताए । 

“वार्षिक १० खर्ब रुपैयाँको निर्यात क्षमता पुर्‍याउने गरी ठोस निर्यात प्रवर्धन रणनीतिक योजना तर्जुमाका लागि पहल गरिने छ,” उनले भने, “सातै प्रदेशमा निर्यात घर स्थापनासम्बन्धी अवधारणाको व्यावहारिक कार्यान्वयनका लागि हामीले पहल गर्ने छौँ ।”

व्यापार प्रवर्धनका लागि निर्यात सहजीकरण एवं अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापनाका लागि पहल गर्ने चेम्बरले जनाएको छ । यस्तै रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन गर्न नीतिगत कार्ययोजना बनाउने चेम्बरले जनाएको छ । 

चेम्बरले दिगो आर्थिक विकासका लागि स्थिर सरकार र नीतिगत स्थायित्वमा जोड दिएको छ । आव २०८१/८२ देखि लागु हुने १६ औँ पञ्चवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबिचको प्रभावकारी तालमेलका लागि पहल गर्ने चेम्बरले उल्लेख गरेको छ । 

पुँजीगत खर्च वृद्धि एवं आवाधिक योजनाको प्रभावकारी कार्यान्वयन, कुल गार्हस्थ उत्पादन जिडिपीमा  थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान वृद्धि, विदेशी लगानीको आकर्षणमा विशेष जोड दिइने उल्लेख छ । 

त्यस्तै विश्व व्यापार सङ्गठन, बिम्स्टेक र साफ्टा आदिमा गरिएका प्रतिबद्धता अनुसार भन्सार दरबन्दी घटाउन, भन्सारमा कारोबार मूल्यलाई मान्यता दिन, सूचनाप्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको चेम्बरले जनाएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया