Nepal Life

प्रधानमन्त्रीको सम्पत्ती : १५ कठ्ठा जग्गा, पार्किङसहितको घर, २५ लाख नगद र पाँच तोला सुन

NMB Bank
  • BFIS News
  • 2024 May 21 15:55
प्रधानमन्त्रीको सम्पत्ती : १५ कठ्ठा जग्गा, पार्किङसहितको घर, २५ लाख नगद र पाँच तोला सुन
United Ajod

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ती विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

प्रधानमन्त्री दाहालसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उनले यसलाई पैतृक सम्पत्ती भएको बताएका छन्।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा अंशबाट प्राप्त १ कट्ठा जग्गा, पाँच तोला सुन र प्रतिनिधिसभा सदस्यको हैसियतले प्राप्त एभरेष्ट बैंकमा रहेको २५ लाख नगद रहेको उल्लेख छ।

हेर्नुस् उनको सम्पत्ती विवरण-

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया