NIMB Header 2
Nepal Life

ज्योति विकास बैङ्कद्वारा कर्णालीका दुर्गम तथा ग्रामीण क्षेत्रका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

National Life
  • BFIS News
  • 2024 May 21 19:30
ज्योति विकास बैङ्कद्वारा कर्णालीका दुर्गम तथा ग्रामीण क्षेत्रका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवन रक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। यस अन्तर्गत बैङ्कले जुम्ला, कालिकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको छ।

Shikhar
NIMB

हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवन रक्षा गर्न विभिन्न स्वास्थ्य चौकीहरूमा बैङ्कले उक्त मेसिन जडान गरेको हो। हालसम्म विभिन्न चरण गरी देशका विभिन्न ठाउँमा ४३ वटा बेबी वार्मर प्रदान गरेको बैङ्कले यस चरणमा भौगोलिक रूपले विकट क्षेत्रहरूमा उक्त उपकरण जडान गरेको छ।

विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो को कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण उपकरण उक्त स्वास्थ्य संस्थाहरूमा प्रदान गरिएको बैङ्कले जनाएको छ। हाइपोथर्मिया पश्चात् जीवन जोखिम र उपचारको लागि २ दिन लाग्ने गरी कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यतालाई उक्त उपकरणले निर्मूल गर्न थप सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ। बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको "हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत सो मेसिनहरू प्रदान गरेको हो।

मेसिनहरू जडान पश्चात् जुम्ला जिल्लाको कनक सुन्दरी गाउँपालिका वडा नं। ०३ स्थित विराट स्वास्थ्य चौकी, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं। ०९ स्थित स्वास्थ्य चौकी(चिल्खाया, मुगु जिल्लाको छायानाथ रारा नगरपालिका अन्तर्गतको गुम स्वास्थ्य चौकी, दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं। ०२ स्थित लाँकुरी स्वास्थ्य चौकी र डुङ्गेश्वर गाउँपालिका वडा नं. ०४, अवलपराजुलस्थित डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा केन्द्रको बर्थिङ सेन्टरमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

अस्पतालहरूमा आयोजित कार्यक्रममा बैङ्कका विभिन्न पदाधिकारीहरूबाट उक्त स्वास्थ्य चौकीहरूका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका बिच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो। उपकरण जडानको साथै त्यसको उच्चतम सदुपयोग निश्चित गर्न बैङ्कले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया