Nepal Life

के हो माइक्रोसफ्टको एआई फिचरसहितको 'को-पाइलट प्लस पर्सनल कम्प्युटर'?

NMB Bank
  • BFIS News
  • 2024 May 22 10:05
के हो माइक्रोसफ्टको एआई फिचरसहितको 'को-पाइलट प्लस पर्सनल कम्प्युटर'?
United Ajod

काठमाडौं । अग्रणी अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले एआई फिचरसहितको पर्सनल कम्प्युटरको नयाँ श्रेणी ल्याएको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्या नडेलाले वाशिङ्गटनको रेडमण्ड क्याम्पसमा कोपाइलट प्लस पर्सनल कम्प्युटर सार्वजनिक गरेका छन्। कोपाइलट प्लस कम्प्युटर आर्टिफिसियल इन्टेलिजेन्सले सुसज्जित छ।

Shikhar
Nepal Life
NIMB

हाल कम्प्युटरमा एआई प्रयोग गर्न क्लाउडमा आधारित एआई प्लेटफर्ममा जानुपर्छ। माइक्रोसफ्टका अनुसार कोपाइलट प्लसले क्लाउड डाटा सिस्टम बिना नै एआई सम्बन्धित कार्यहरू पूरा गर्नेछ।

यसमा रि-कल भन्ने सुविधा छ। यस मार्फत प्रयोगकर्ताहरूले महिनौं पछि पनि आफ्नो कम्प्युटरमा गरेको हरेक गतिविधि ट्रेस गर्न सक्नेछन्। हाल, कम्प्युटरको ब्राउजिङ इतिहास वा रिसायकल बिन सफा गरेपछि यो गर्न सम्भव छैन। तर कोपाइलटको मद्दतले कुनै पनि प्रकारको कागजात, वेबपेज वा फाइल फिर्ता ल्याउन सकिन्छ।

कोपाइलट प्रस्तुत गर्दैगर्दा कम्पनीले यो पनि देखायो कि कसरी यसको भ्वाइस असिस्टेन्ट रियल टाइम कोच बनेर माइनक्राफ्ट जस्ता भिडियो गेम खेल्न प्रयोगकर्तालाई मद्दत गर्छ। यस्तो असिस्टेन्टको प्रयोग अध्ययन गर्न र तपाईंको दैनिकी अपडेट राख्न पनि प्रयोग गर्न सकिन्छ। माइक्रोसफ्टका अनुसार च्याट जिपिटीको नवीनतम संस्करण, जिपिटी-४० पनि चाँडै कोपाइलटको एक हिस्सा हुनेछ।

कोपाइलट प्लसले सुसज्जित कम्प्युटरहरूको मूल्य एक हजार अमेरिकी डलरबाट सुरु हुन्छ। कम्पनीका अनुसार बिक्री १८ जुनबाट सुरु हुनेछ। पर्सनल कम्प्यूटर बनाउने बाहिरी निर्माता जस्तो एसर तथा एससटेक कम्प्यूटर पनि यसलाई बिक्रीमा राख्न सक्नेछन्।

माइक्रोसफ्टको उपभोक्ता मार्केटिङ हेड युसुफ मेहदीले अर्को वर्षसम्म ५ करोड एआई पिसी बिक्री हुने अपेक्षा गरेका छन्। लामो समयपछि पर्सनल कम्प्युटर अपडेट गर्ने अवसर आएको मेहदी बताउँछन्। कम्प्युटरमा सीधै चल्ने एआई सहायतालाई उनी ठूलो परिवर्तन मान्छन्।

एआई लाई कम्प्युटिङसँग सम्बन्धित सबै कुराको क्रान्ति भनिन्छ। अनुमानका अनुसार आगामी वर्षहरूमा यसको बजार खर्बौं डलरसम्म पुग्न सक्छ। धेरै प्राविधिक कम्पनीहरू र स्टार्टअपहरू प्राविधिक प्रगतिहरू मार्फत यो बजार हावी गर्न चाहन्छन्। गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट र एप्पल पनि यो दौडमा छन्।

पर्सनल कम्प्यूटरमा अझै धेरै काम आफैं म्यानुअल रूपमा गर्नु पर्छ। जस्तै फोटोहरू सम्पादन गर्ने, एक्सेल पानाहरू मिलाउने, प्रिजेन्टेशन बनाउने र अन्य डाटासम्बन्धी कामहरु। एआई फिचर भएको कम्प्युटर मार्फत भ्वाइस कमाण्ड दिएर यस्ता धेरै कामहरू गर्न सकिन्छ। कुन कम्पनीको टेक्नोलोजीले यसलाई राम्रो र भरपर्दो तरिकाले गर्नसक्छ भन्नेमा अहिले कडा प्रतिस्पर्धा भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया