एशियन लाइफको तेह्रों वार्षिक साधारणसभा सम्पन्न
- बिएफआईएस न्युज
- 2022 Feb 05 08:54
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कं.लि. को तेह्रौं वार्षिक साधारण सभा काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट २०७८ साल माघ २१ गते शुक्रबार भच्र्युअल माध्यमबाट सम्पन्न भएको छ ।
संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०७६÷०७७ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले रु.५०,२६,९०,१८१।८५ बराबरको बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश(बोनश शेयरको कर प्रयोजनको लागी)वापत रु.४,०२,१५,२१४।५५ वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक एस ए आर एशोसियट्स, चार्टड एकाउन्टेन्ट सुनिल कुमार ढुंगेलको नियुक्ति र पारिश्रमिक अनुमोदन गरेको छ । एशियन लाईफ इन्स्योरेन्सको ५१५ स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिन र कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारण सभाकोे बहुमतबाट पारित भएको छ । साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।
२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल पौष मसान्त सम्ममा रु.३० अर्ब जीवन बीमा कोष र करिब रु. ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को पौष मसान्तसम्ममा कूल रु. १ अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क र रु.३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया