Nepal Life

युटिएललाई करिब ७ अर्ब ४३ करोड रकम बुझाउन प्राधिकरणले दियो १५ दिनको समय, नत्र अनुमतिपत्र खारेज गर्ने चेतावनी

NMB Bank
  • BFIS News
  • 2024 Jun 07 15:28
युटिएललाई करिब ७ अर्ब ४३ करोड रकम बुझाउन प्राधिकरणले दियो १५ दिनको समय, नत्र अनुमतिपत्र खारेज गर्ने चेतावनी
United Ajod

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) लाई ७ अर्ब ४२ करोड बढी रकम बुझाउन ताकेता गरेको छ।

Shikhar
Nepal Life
NIMB

शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले अनुमतिपत्र नवीकरण दस्तुर बापतको किस्ता रकमसँगै फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको ७ अर्ब ४२ करोड ९३ लाख ९१ हजार ३३७ रूपैयाँ १२ पैसा बुझाउन निर्देशन दिएको हो।

प्राधिकरणले सूचना जारी भएको मितिले १५ दिनभित्र रकम बुझाउन भनेको छ। उक्त समयभित्र रकम नबुझाए दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया