Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न

NMB Bank
  • BFIS News
  • 2023 Aug 09 06:05
नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
National Life

काठमाडौँ । "शिफ्टिङ द पाराडाइम २०८०/०८१” नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स ले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । कम्पनीले पोखरामा सो कन्क्लेभ आयोजना गरेको थियो।

Shikhar
NIMB

सो अवसरमा आ.व. २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सक्रियतामा सम्मेलन आयोजना गरिएको थियो ।

यहि श्रावण १८ गते देखी २१ गते सम्म  सम्पन्न गरिएको उक्त सम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको परिप्रेक्ष्य आफ्नो कार्यदक्षता र  मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए ।

आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्‍याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्ने बारे सो सम्मेलनमा विचार विमर्श भएको आयोजकले जनाएको छ। सम्मेलनमा सहभागी कर्मचारीहरूलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

मनोक्रान्तीका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीहरूलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकारात्मक ऊर्जाले  तनाव व्यवस्थापन गर्न सकिने विषयमा  प्रशिक्षण प्रदान गरेका थिए ।

आ.व. २०७९/८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरू र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कार प्रदान गरे ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया