NIMB Header 2
Prabhu Mahalaxmi

लगानी बढाउन नीतिगत स्थिरता आवश्यक : चन्द्र ढकाल

United Ajod
  • BFIS News
  • 2023 Aug 10 11:02
लगानी बढाउन नीतिगत स्थिरता आवश्यक : चन्द्र ढकाल
IME LIFE

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहने बताएका छन् ।  

बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनले नीतिगत स्थिरताको अभावमा लगानीको वातावरण नबन्ने बताए । “नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन । कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिँदैन,” उनले भने ।  

Nepal Life
NIMB

महासङ्घमा नयाँ कार्यसमिति आइसकेपछि विभिन्न फोरमबाट लगानीको वातावरण बनाउन पहल गरिरहेको बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बन्न सकेमा आन्तरिक वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्यााउन समस्या नहुने पनि बताए ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा नेपाली उद्योगी व्यवसायीको नेतृत्व गर्दै महासङ्घले भारतीय उद्योगी व्यवसायीसँग दुई देशबिच लगानी तथा व्यावसायिक सम्बन्धमा छलफल भएको बताउँदै अध्यक्ष ढकालले लगानीको वातावरण बनेमा भारतीय लगानी विस्तार गर्न सकिने जानकारी दिए । त्यसलगत्तै बङ्गलादेशमा आयोजना भएको बिम्स्टेक सदस्य राष्ट्रहरूको छलफलबाट बिम्स्टेक बिजनेस फोरम गठनदेखि सदस्य राष्ट्रबिच व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको समेत जानकारी दिए । 

जटिल आर्थिक परिस्थितिमा निजी क्षेत्रको एउटै आवाज बनाएर राज्य र यसका अन्य निकायसँग पैरवी गर्ने काम भइरहेको बताउँदै उनले निजी क्षेत्रका तीनवटा छाता सङ्गठनहरूले बजेट तथा मौद्रिक नीतिमा साझा धारणा बनाई सरकार तथा नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिएको बताए । मुलुकमा लगानीमैत्री वातावरण बनाउन पुराना कानुनी जटिलतालाई बिस्तारै परिमार्जन गर्न जरुरी रहेको उनले बताए । 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया