Nepal Life

वीरगन्ज महानगरपालिकाको बजेट दुई अर्ब ८९ करोड

NMB Bank
  • BFIS News
  • 2024 Jun 23 04:48
वीरगन्ज महानगरपालिकाको बजेट दुई अर्ब ८९ करोड
United Ajod

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा अगामी आर्थिक वर्षको बजेट ६२ करोडले कम छ। 

Shikhar
Nepal Life
NIMB

वीरगन्ज महानगरपालिकाका उपप्रमुख ईम्तीयाज आलमले शनिबार १५ औँ नगर सभामार्फत २०८१/०८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गर्दै अघिल्लो आवको तुलनामा ६२ करोड कम रहेको बताए। 

उपनगर प्रमुख आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का भएको, सङ्घीय सरकारको राजस्व असुलीमा आएको सङ्कुचनको कारण राजस्व बाँडफाँड घट्न गएको र घर जग्गा कारोबारमा आएको मन्दीको कारणबाट घर जग्गा रजिष्टेशन आयस्रोत समेत घट्न जाँदा अगामी आर्थिक वर्षको आकार घटेको बताए। 

नगर प्रमुख राजेशमान सिंहले गत आवको तुलनामा अगामी आ.ब.का लागि आएको बजेट केही घटेर आए पनि विकास निर्माणको काममा खासै असर नपर्ने गरी काम गरिने बताए। 

उनले वीरगन्ज महानगरपालिकाको नीति वैभव वीरगन्जको परिकल्पना तथा धार्मिक स्थलको सौन्दर्यकरण आन्तरिक पर्यटन स्थलको पहिचान प्रवर्द्धन र विस्तार तथा हराभरा सफा सुघर वीरगन्जको अवधारणालाई मूर्तरूप दिनेमा महानगर पालिका अडिग रहेको बताए। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया