Nepal Life

एसइई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

NMB Bank
  • BFIS News
  • 2024 Jun 27 09:30
एसइई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
United Ajod

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्।

Shikhar
Nepal Life
NIMB

१८६ जनाले ४ जिपिए ल्याएका छन्।

ननग्रेडमा परेका विद्यार्थीले कक्षा ११ मा भर्ना पाउने छैनन्।

परीक्षामा सहभागी भएका चार लाख ६४ हजार ७८५ मध्ये २ लाख ४२ हजार ९२ पास भएका छन्। २२१ जनाको परीक्षा रद्द भएको छ।

प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसइईको नतिजा सार्वजनिक भएको हो।

व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २६.२५ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्छन्। उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन। आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्नै पर्ने हुन्छ।  

दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था छ।

एसइई परीक्षा २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका अनुसार नतिजा सार्वजनिक गरेको हो।

नतिजा बोर्डको वेभसाइट, नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० डायल गरी, एसएमएसबाट एसइई स्पेश सिम्बोल नम्बर टाइप गरी १६०० मा पठायर तथा www.see.ntc.net.np मार्फत हेर्न सकिनेछ।

खल्ती, ई सेवा, एनसेललगायतका वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया