घट्यो सुन-चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?
- BFIS News
- 2024 Jun 27 11:21
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)








प्रतिक्रिया