NIMB Header 2
Nepal Life

बुद्ध एयरले भित्र्यायो एटीआर-७२ जहाज, अतिरिक्त उडानसँगै नयाँ गन्तव्यमा सेवा विस्तार गरिने

National Life
  • BFIS News
  • 2024 Jun 29 14:31
बुद्ध एयरले भित्र्यायो एटीआर-७२ जहाज, अतिरिक्त उडानसँगै नयाँ गन्तव्यमा सेवा विस्तार गरिने
Sanima Reliance

काठमाडौं। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८ औं विमानका रुपमा एटीआर–७२ जहाज भित्र्याएको छ। योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ।

Shikhar
NIMB

कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगमी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए। उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ।
     
बुद्ध एयरसँग १५ थान एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन्। हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो। बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान सङ्ख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गरे ।

बुद्ध एयरले अहिले आन्तरिकतर्फ एक सय ५० भन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ। कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगञ्जबाट पनि उडान भर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया