Nepal Life

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 Jun 30 21:47
निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो?
United Ajod

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ र डिजेल तथा मट्टीतेलमा पाँच रूपैयाँ बढाएको हो।

Shikhar
Nepal Life
NIMB

भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार निगमले मूल्य बढाएको हो।

निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ ४१ पैसा र डिजेलको चार रूपैयाँ ९१ पैसा बढाएर मूल्य पठाएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५४ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १६६ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५६ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १६७ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५७ रूपैयाँ पर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया