Nepal Life

रिटेल पेमेन्ट स्वीचबाट ५७ खर्बको कारोबार, कारोबार संख्या ४९ प्रतिशतले बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Jul 18 21:03
रिटेल पेमेन्ट स्वीचबाट ५७ खर्बको कारोबार, कारोबार संख्या ४९ प्रतिशतले बढ्यो
United Ajod

काठमाडौं ।  गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको छ । पछिल्लो आ.व.को तुलनामा यस आ.व.मा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको (RPS) कारोबारमा क्रमशः ४९% र ३८% ले बृद्धि भएको हो ।

Shikhar
Nepal Life
NIMB

हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबारहरु RPS मार्फत सिधै अथवा राउटिङ्ग र राफसाफको लागि प्रयोग हुने क्रमअत्याधिक बृद्धि हुँदै गएको छ । 

यस अन्तर्गत बैंक÷वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग, भुक्तानी सेवाप्रदायकहरुकावालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारीसञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ्ग RPS बाट हुने व्यव्स्था रहेको छ । उक्त निकायहरुलाई RPS मा नेशनल पेमेन्ट इन्टरफेस (NPI) मार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, QR भुक्तानी , नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा RPS बाट प्रोसेस हुने गरेको छ ।

एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्महरु जस्तै बैंक/वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्टआइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत RPS बाट नै प्रोसेसिङ्ग हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीचलागू गर्न एनसीएचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चलानगर्दै आएको छ ।

रिटेल भुक्तानीका विभिन्न उपकरणहरु जस्तै बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेट बीच ट्रान्स्फर, सरकारी कारोबार, सेवाबापतको भुक्तानी, मोबाईल नम्बरको आधारमा ट्रान्स्फर, त्तच्भुक्तानी, QR नेटवर्क बीच अन्तरआबद्धता, ई–कमर्शको लागि पेमेन्ट गेटवे, लगायतका भुक्तानी उपकरणहरु RPS मा उपलब्धरहेका छन् ।

सोही RPS माध्यमबाट क्रस बोर्डर भुक्तानीहरु समेत गर्न सकिने गरी NPIx प्रणालीको विकास भई केहि देशहरुमा कारोबार सञ्चालनमाआउने चरणमा रहेको छ । RPS मा हाल ५२ बैंक/वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवाप्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, १०० भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबर गर्ने गरी जोडिएका छन् ।

नेपालभित्रहुने कार्डको कारोबारलाई समेत अन्तरआबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउन NPS अन्तर्गत नेशनल कार्ड (NPS-NCS) / NEPALPAY Card  को जडान कार्य समेत हुँदै गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया