NIMB Header 2
Nepal Life

सनि सेक्युरिटिजको पहिलो कस्टुमर एपः डिम्याटदेखि टिएमएससम्म, शेयर खरिद बिक्रीको सम्पुर्ण विवरण मोबाइलमै

Muktinath Bank
  • BFIS News
  • 2023 Aug 14 11:57
सनि सेक्युरिटिजको पहिलो कस्टुमर एपः डिम्याटदेखि टिएमएससम्म, शेयर खरिद बिक्रीको सम्पुर्ण विवरण मोबाइलमै
National Life

काठमाडौं । प्राथमिक शेयर खरिद गरेर कहाँ कसरी बिक्री गर्ने होला भनेर बसिरहेका लगानीकर्तादेखि लिएर दोस्रो बजारमा शेयर खरिद बिक्री गरिरहेका लगानीकर्तालाई समेत लक्षित गर्दै सनि सेक्युरिटिजले नेपालमै पहिलो पटक ब्रोकरहरुको तर्फबाट कस्टुमर एम सार्वजनिक गरेको छ ।  

NIMB

यस एपबाट डिम्याट खाता समेत नभएका लगानीकर्ताले डिम्याट खाता खोल्न पाउनेछन् । साथै डिम्याट खाता र मेरो शेयरको खाता लिएर प्राथमिक शेयर प्राप्त गरेका लगानीकर्ताले दोस्रो बजारमा शेयर खरिद बिक्रीका लागि टिएमएस खोल्न पाउने छन् । पहिला नै टिएमएस खोलिसकेका लगानीकर्ताले आफ्नो सम्पुर्ण कारोबारको विवरण विना झन्झट मोबाइलबाट प्राप्त गर्न सक्ने छन् । यस एम मार्फत सक्रिय लगानीकर्ताका साथ साथै प्राथमिक शेयर बजारका लगानीकर्ताले पनि सहजै दोस्रो बजारमा कारोबार गर्ने सुविधा पाउने सनि सेक्युरिटिजका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।

सबै प्रकारका लगानीकर्ताले घरमै बसेर एप डाउनलोड गरि अनलाइनबाटै टिएमएस रजिष्ट्रर गर्न पाउने छन् । यदि तपाई सँग डिम्याट खाता, मेरो शेयर, टिएमएस खाता छैन भने पनि यहि अनलाइन एपबाटै खोल्न सकिने व्यवस्था रहेको छ । यसका लागि बैंक तथा मर्चेन्ट बैंकमा धाउनु पर्ने छैन ।

एनरोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा गएर सनि सेक्युरिटिजको मोबाइल एप डाउनलोड गर्न सकिनेछ । एप डाउनलोड भइसके पछि तीन वटा अप्सन देख्न सकिनेछ । यदि तपाईको डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर टिएमएस छैन भने ‘Open DEMAT/Meroshare/TMS Account’ मा क्लिक गर्नु पर्नेछ । यसमा क्लिक गरे सँगै तपाईले आफ्ना सम्पुर्ण विवरण घरमै बसेर इन्ट्रि गर्न सक्नु हुन्छ । साथै यि तीन वटै खाता खोल्न सकिनेछ ।

तर तपाई सँग डिम्याट खाता, मेरो शेयर र टिएमएस खाता छ भने एपमा रहेको ‘Register for client Login’ मा क्लिक गरी मागिएका विवरण भरेर रजिष्ट्रर गर्न सकिनेछ ।  एपमा भनिए अनुसारको विवरण भरिसके पछि ४८ घण्टा भित्र भेरिभाइ भएको जानकारी पाइनेछ ।

तपाईले इमेलबाटै युजर नेम र पासवर्ड पाउनुहुनेछ । यसरी इमेलबाट प्राप्त गरेको युजर र पासवर्डलाई लगइन आइकनमा क्लिक गरी खोल्न सकिनेछ ।

यदि तपाईले युजर र पासवर्ड लिइसक्नु भएको छ भने ‘Proceed to client Login’ मा सिधै क्लिक गर्नसकिनेछ । यसरी एम खुले सँगै लगानीकर्ताहरुले आफुले दोस्रो बजारमा गरिको सम्पुर्ण कारोबारको विवरण प्राप्त गर्न सक्ने छन् । कारोबार विवरण, खरिद बिक्री विवरण, तिर्न बाँकी विल तथा लिन बाँकी रकम सहित विल समेत हेर्न सकिनेछ ।

शेयर खरिद बिक्री पछि ब्रोकर कम्पनीमा फोन गरेर स्टेटमेन्ट माग्ने झण्झटको पनि अन्य भएको छ । साथ साथै आफ्नो पोर्टफेलियोलाई लगानीकर्ताले सहजै व्यवस्थापन गर्न सक्ने छन् ।   

लगानी व्यवस्थापन, मार्केट डेटा हेर्ने र आफ्नो पोर्टफोलियोको प्रगती ट्र्याक सजिलै गर्न सकिने भएकाले ग्राहकहरुलाई धेरै सजिलो हुने सनि सेक्युरिटिजको विश्वास छ । सनिले एपलाई लगानीकर्ताको आग्रहमा फिचरहरु थपिरहेको छ । अहिले एनरोइड भर्जनमा मात्रै रहेको छ भने निकट भविष्यमा आइफोन मोबाइलमा पनि डाउनलोड गर्न सकिने बनाउदैछ ।

यो एप खोलिसके पछि ग्राहकहरुले सबैभन्दा पहिला पोर्टफेलियो व्यवस्थापनको सुविधा पाउने छन् । ग्राहकहरुले आफुले लेजर हेर्न पाउनेछन् अर्थात खरिद बिक्री पश्चात आफुले कति तिर्नु पर्ने तथा लिनु पर्ने भनेर थाहा पाउने छन् ।

सँग सँगै नेप्से विश्लेषण पनि गर्न सकिनेछ । अहिले एप मार्फत टिएमएस खोल्न मिल्दैन । तर विस्तारै एप खोल्ने वित्तीकै टिएमएस लिङ्क गरेर सिधै खोल्न मिल्ने बनाउने कार्यकारी अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । तर डिम्याट खाता पनि नभएका लगानीकर्ताले यहि एप मार्फत डिम्याट खाता, मेरो शेयर, ब्रोकर टिएमएस सहित एकै पट चार वटा खाता खोल्न पाउने भएकाले एउटा एप मार्फत ७ वटा भन्दा बढि सुविधा पाइनेछ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया