NIMB Header 2
Nepal Life

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Jul 28 08:23
सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो। लघुवित्तले साउन ४ गतेदेखि ६१ हजार ५०८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो।

Shikhar
NIMB

 
सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३४८ रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्।

सेयर खरिदका लागि बोलकबोल गर्दा कम्तीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

आवेदन बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडका साथै एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा बुझाउनु पर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया