NIMB Header 2
Nepal Life

सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द, मौसममा सुधार नआउँदासम्म नियमित उडान नहुने

IME LIFE
  • BFIS News
  • 2024 Jul 29 13:37
सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द, मौसममा सुधार नआउँदासम्म नियमित उडान नहुने
United Ajod

काठमाडौं। इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ। खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो।

Nepal Life
NIMB

यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो। जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो। त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए। मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उनको भनाइ छ।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडौं उडान भर्दै आएको थियो। नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो। नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नुअघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए। सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ। मौसम खुलेपछि नियमित उडान हुने उनले बताए।

हवाई उडान बन्द भएपछि यात्रुलाई समस्या भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया