Siddartha Bank
Prabhu Mahalaxmi

नबिल बैंकले जित्यो भिसा इन्टरनेशनलका दुई अवार्ड

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 25 17:34
नबिल बैंकले जित्यो भिसा इन्टरनेशनलका दुई अवार्ड
United Ajod

काठमाडौं । नबिल बैंक भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई विधाका अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्युइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business – Principal Client) विधामा अवार्ड जितेको हो।

Siddartha Bank
EBL
Nepal Life

काठमाडौंस्थित होटल मेरियटमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका थिए। यसअघि पनि नबिल बैंकले यी विधामा अवार्ड प्राप्त गर्दै आएको थियो।

अवार्ड प्राप्तिपछि बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यसले ग्राहकलाई सहज र सुविधाजनक सेवा प्रदान गर्न नवीनता तथा नवप्रवर्तनलाई निरन्तरता दिन थप ऊर्जा मिलेको बताए।

उनले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउन अवार्डले प्रेरणा दिएको बताए।

भिसा इन्टरनेशनल अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सेवा प्रदायक कम्पनी हो। कम्पनीले नेपालमा बर्सेनि भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ। नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

चार दशकभन्दा लामो बैंकिङ अनुभव रहेको नबिल बैंकले नवीन सेवा तथा प्रविधिको प्रयोगमार्फत बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ। ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने लक्ष्यसहित बैंकले आफ्ना सेवा विस्तार गरिरहेको छ।

बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया