NIMB Header 2
Nepal Life

सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट बुधबार, १६ लाख ५४ हजारबढीको हात रित्तो हुने

National Life
  • BFIS News
  • 2024 Jul 29 13:48
सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट बुधबार, १६ लाख ५४ हजारबढीको हात रित्तो हुने
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपिओ बुधबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले गत आइतबार प्रि-अलटमेन्ट सम्पन्न भएकाले बुधबार बिहान ८ बजे बाँडफाँट गर्ने जनाएको छ।

Shikhar
NIMB

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ कित्ता एफपिओ साउन ४ गतेदेखि बिक्रीमा ल्याएको थियो। एफपिओमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ताका लागि आवेदन दिएका छन्।

४ हजार ६७२ जनाले १०-१० कित्ता सेयर पाउने छन् भने ९ जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर पाउने छन्। कम्पनीको एफपिओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने देखिएको छ।

धितोपत्र दोस्रो बजारमा सोमबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार १२७ रूपैयाँ कायम छ। एफपिओ दोस्रो बजारमा सूचीकृतपश्चात दोस्रो बजारमा कारोबार भैरहेकै मूल्यमा कारोबारमा आउनेछ। अहिलेकै मूल्यलाई लिएर आधारमान्दा कम्पनीको एफपिओ प्राप्त गर्ने लगानीकर्ताले पहिलो दिनमै ११ हजार रूपैयाँभन्दा बढी नाफा गर्नेछन्।

कम्पनीको एफपीओ प्राप्त गर्ने लगानीकर्ताले नाफा मात्र नभएर अघिल्लो आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरणका लागि प्रस्ताव गरिएको बोनस सेयरसमेत पाउने छन्। कम्पनीले १४.०७७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारितका लागि आगामी साउन ३२ गते वार्षिक साधारण सभासमेत बोलाएको छ।

साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेको छ । राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्‍याउन एफपिओ जारी गरेको हो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया