Nepal Life

आइपिओ निष्कासनको तयारीमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Jul 30 10:10
आइपिओ निष्कासनको तयारीमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, बोलायो विशेष साधारण सभा
National Life

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ निष्कासनको तयारी गरेको छ। कम्पनीले आइपिओ निष्कासनको एजेण्डा पारित गर्न विशेष साधारण सभासमेत बोलाएको छ। साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन ३१ गतेका लागि सभा बोलाएको हो।

Shikhar
NIMB

बैठक पोखराको न्यूरोड–८ मा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे आयोजना हुनेछ।

सभामा आइपिओ जारी गर्ने, आइपिओबाट प्राप्त रकमको उपयोगको सम्बन्धमा निर्णय गर्ने तथा यस कार्यका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया