NIMB Header 2
Prabhu Mahalaxmi

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याज आम्दानीसँगै घट्यो खुद नाफा, कस्ता छन् अन्य वित्तीय विवरण?

United Ajod
  • BFIS News
  • 2024 Aug 04 08:40
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याज आम्दानीसँगै घट्यो खुद नाफा, कस्ता छन् अन्य वित्तीय विवरण?
IME LIFE

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ।

Nepal Life
NIMB

आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४.५१ प्रतिशत घटेर ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४.५१ प्रतिशत घटेको हो। खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया