NIMB Header 2
Nepal Life

साताको कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

National Life
  • BFIS News
  • 2024 Aug 08 15:42
साताको कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ६.७० अंकले बढेको छ। यसदिन नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ विन्दुमा बन्द भएको छ।

आज कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ।

Shikhar
NIMB

बुधबार १७ अर्ब ९५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज २० अर्ब ७ करोड रूपैयाँको भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब १२ करोड रूपैयाँ वृद्धि आएको हो।

यस दिन ३२२ वटा धितोपत्रको पाँच करोड नौ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।

आज पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।

यस्तै, एनआरएन इन्फ्रास्टक्चरको मूल्य सर्वाधिक ८.०४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९९९ रूपैयाँ ६० पैसामा झरेको छ।

१०% सानिमा बैंक डिबेन्चरको मूल्य ७.६९ प्रतिशतले घटेको छ। उक्त बैंकको प्रति डिबेन्चर मूल्य एक हजार ४४ रूपैयाँ कायम भएको छ।

बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७०१ रूपैयाँ ८० पैसामा १ अर्ब २० करोडको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९५९ रूपैयाँमा १ अर्ब ७ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ कम्पनीको परिसूचक बढेको छ भने बाँकी सात कम्पनीको परिसूचक घटेको छ।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ५.८७ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया