Nepal Life

पर्यटन प्रवर्द्धनका लागि सगरमाथाको विश्वव्यापी प्रचार आवश्यक : मिङ्मा ग्याल्वो शेर्पा

NMB Bank
  • BFIS News
  • 2026 Apr 05 12:54
पर्यटन प्रवर्द्धनका लागि सगरमाथाको विश्वव्यापी प्रचार आवश्यक : मिङ्मा ग्याल्वो शेर्पा
United Ajod

काठमाडौँ, चैत २२ — विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालको गौरव र पहिचान भएकाले यसको प्रभावकारी अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्न सके मात्रै पर्यटक आगमन बढाउन सकिने बताउनुभएको छ।

Shikhar
Nepal Life
NIMB

एएमएस ग्लोबल हिमालय फाउन्डेसनले आगामी मे २९ मा काठमाडौँमा आयोजना गर्ने ‘एभरेष्ट टुरिज्म एवार्ड’ तथा ‘वल्ड पिस समिट’ सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा लगानी वृद्धि गर्न यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो।

फाउन्डेसनकी संस्थापक अध्यक्ष सत्यकला तामाङ लामाले नेपालको लोककला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा विश्वका ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

फाउन्डेसनले यसअघि जापान, फिलिपिन्स, चीन, युएई, क्यानाडा, माल्दिभ्स र सुडानलगायत देशहरूमा नेपाली कला, संस्कृति, भाषा तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ।

कार्यक्रममा पर्यटन व्यवसायी जिम्बाज्याङ्वु शेर्पा, दामोदर घिमिरे, मिङ्मादोर्जे शेर्पा, असिम राई तथा पत्रकार ऋषि धमलालगायत वक्ताहरूले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेकोमा जोड दिएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया