तेह्रथुम पावर कम्पनीको 'लक-इन' अवधि आज समाप्त हुँदै
- BFIS News
- 2024 Aug 11 08:25
काठमाडौं । तेह्रथुम पावर कम्पनीको लक-इनमा रहेको सेयरको अवधि आज समाप्त हुँदै छ। कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक-इन अवधि आज समाप्त हुन लागेको हो।
कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २८ लाख कित्ता संस्थापक सेयर, स्थानीयका लागि जारी गरिएको ४ लाख कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक-इन अवधि सकिन लागेको हो ।
कम्पनीले २०७८ साउन ५ गतेदेखि साउन १९ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) का लागि आइपिओ निष्कासन गरेको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया