Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा २६.५३ प्रतिशतले घट्यो, नाफासँगै प्रतिसेयर आम्दानी पनि ओरालो लाग्यो

NMB Bank
  • BFIS News
  • 2024 Aug 11 08:41
सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा २६.५३ प्रतिशतले घट्यो, नाफासँगै प्रतिसेयर आम्दानी पनि ओरालो लाग्यो
National Life

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा २६.५३ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षमा इन्स्योरेन्सले ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। त्यसअघिको आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो।

Shikhar
NIMB

जीवन बीमा कोषको आकार ३२.६१ प्रतिशतले बढेर ७ अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ। त्यसअघिको सोही अवधिमा ५ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ थियो।

इन्स्योरेन्सको जगेडा कोषमा ५० करोड २० लाख २६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको सेयर प्रिमियम खातामा १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ छ ।

कुल ३ अर्ब ९६ करोड चुक्ता पूँजी भएको कम्पनीले गत वर्ष ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। त्यसअघिको सोही अवधिमा ३ अर्ब ८९ करोड ८७ लाख रुपैयाँ थियो। कुल आम्दानी १४.२४ प्रतिशतले बढेको हो।

कम्पनीले ३ अर्ब ८८ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ३.५६ प्रतिशतले बढी हो। त्यस्तै गत वर्ष कम्पनीले ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५.७८ प्रतिशत बढी हो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ५१ पैसा, प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा, पीई अनुपात ३५.२३ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५६ रुपैयाँ २ पैसा रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया