Nepal Life

शिवम् सिमेन्टको सञ्चालन आम्दानी सामान्य अंकले घट्दा खुद नाफामा भने ५७.९३ प्रतिशतको गिरावट, अन्य वित्तिय विवरणको के छ अवस्था?

NMB Bank
  • BFIS News
  • 2024 Aug 11 09:03
शिवम् सिमेन्टको सञ्चालन आम्दानी सामान्य अंकले घट्दा खुद नाफामा भने ५७.९३ प्रतिशतको गिरावट, अन्य वित्तिय विवरणको के छ अवस्था?
United Ajod

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसमा कम्पनीको सञ्चालन आम्दानी घटेसँगै मुनाफामा पनि कमी आएको छ। कम्पनीको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ।

Shikhar
Nepal Life
NIMB

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा २५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब ७० करोडको आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०.५८ प्रतिशत घटेको हो।

कम्पनीको अन्य आम्दानी पनि घटेको छ। अघिल्लो आवमा ३६ करोड ३७ लाख रुपैयाँबराबरको रहेको अन्य आम्दानी ४५.४१ प्रतिशतले घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीले कुल खर्च भने घटाएका छ। अघिल्लो आवसम्म ९९ करोड ८१ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले गत आवसम्म ९५ करोड ६३ लाख रुपैयाँबराबरको खर्च गरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४५.४१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ४.१८ प्रतिशत घटेको छ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब ५१ करोड रुपैयाँको व्यवस्था गरेको छ ।  कम्पनीको जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।  

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ५४ पैसा घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १००.८६ गुणा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया