NIMB Header 2
Nepal Life

हिमालयन बैंकका चारवटा शाखा कार्यालय स्थानान्तरण

National Life
  • BFIS News
  • 2024 Aug 11 16:10
हिमालयन बैंकका चारवटा शाखा कार्यालय स्थानान्तरण
Sanima Reliance

काठमाडौं। हिमालयन बैंक लिमिटेडले ४ वटा शाखा कार्यालय स्थानान्तरण गरेको छ। बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा, धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरेको हो।  उक्त शाखाबाट साउन २७ गतेदेखि सेवा शुभारम्भ भएको छ।

Shikhar
NIMB

बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा – २ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ।

बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री विपिन हाडाले र  पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका छन्।  

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटीएम,  ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया