NIMB Header 2
Nepal Life

गणपति लघुवित्तको खुद नाफा धनात्मक, वितरणयोग्य मुनाफा ५० लाख

National Life
  • BFIS News
  • 2024 Aug 12 08:21
गणपति लघुवित्तको खुद नाफा धनात्मक, वितरणयोग्य मुनाफा ५० लाख
Sanima Reliance

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
NIMB

सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ९९ लाख रुपैयाँ धनात्मक भएको छ। खुद ब्याज आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा धनात्मक हुन पुगेको हो।

 गत असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ५२ लाख रुपैयाँ रिभर्स भएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ। कम्पनीले गत आवमा १३ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ। त्यसअघिको आर्थिक वर्षमा खुद ब्याज आम्दानी ११ करोड ५२ लाख रुपैयाँ रहेको थियो। ब्याज आम्दानी १५ दशमलव ६७ प्रतिशतले वृद्धि भएको हो।

असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा १ दशमलव ४६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा १४ करोड १६ लाख रुपैयाँ रहेको यस्तो मुनाफा गत आर्थिक वर्षमा १३ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.११ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा पुगेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९१ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात १११.५९ गुणा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया