Nepal Life

लगानी बोर्डले माग्यो प्रमुख कार्यकारी अधिकृत

NMB Bank
  • BFIS News
  • 2024 Aug 12 10:07
लगानी बोर्डले माग्यो प्रमुख कार्यकारी अधिकृत
United Ajod

काठमाडौं । लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । आज सूचना जारी गर्दै बोर्डले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्न इच्छुक नागरिकबाट आवेदन आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ्ग लगायतका विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेका र विभिन्न उल्लेखित क्षेत्रमा कम्तिमा १० वर्ष कार्य गरेको अनुभव भएका नागरिकहरुले उक्त पदमा आवेदन दिन सक्ने छन्।

इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातसहित सिफारिस समितिको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आवेदन दिनु पर्ने छ।

उमेर हद ३५ वर्ष पूरा भएर ६५ ननघेको हुनु पर्ने सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया