NIMB Header 2
Nepal Life

आगामी भदौ ४ देखि काठमाडौं–कुवेत-काठमाडौं पुनः उडान गर्दै हिमालय एयरलाइन्स

National Life
  • BFIS News
  • 2024 Aug 12 14:20
आगामी भदौ ४ देखि काठमाडौं–कुवेत-काठमाडौं पुनः उडान गर्दै हिमालय एयरलाइन्स
Sanima Reliance

काठमाडौं । हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि काठमाडौं–कुवेत पुनः उडान गर्ने भएको छ। कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले पुनः उडान गर्न लागेको जनाएको छ।

Shikhar
NIMB

एयरलाइन्सले सुरूमा काठमाडौं–कुवेत–काठमाडौं सातामा एक उडान गर्नेछ। माग आएमा उडान थप्ने योजना बनाएको छ। यो उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया