NIMB Header 2
Nepal Life

एचआइडिसिएलको १ करोड ६८ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने

National Life
  • BFIS News
  • 2024 Aug 13 09:06
एचआइडिसिएलको १ करोड ६८ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ।

Shikhar
NIMB

कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो।
 
कम्पनीले आजदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाएको छ। यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ।  

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति भदौ ६ गते रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया