Nepal Life

सुनले बनायो उच्च मूल्यको रेकर्ड, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Aug 13 12:17
सुनले बनायो उच्च मूल्यको रेकर्ड, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुनले उच्च मूल्यको रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि गत साउन २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला आठ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

सोमबारको तुलनामा भने मंगलबार सुनको भाउ प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो।

मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा  २५ रूपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया