NIMB Header 2
Nepal Life

नेप्सेमा 'करेक्सन', कारोबार रकम पनि घट्यो

National Life
  • BFIS News
  • 2024 Aug 13 15:36
नेप्सेमा 'करेक्सन', कारोबार रकम पनि घट्यो
Sanima Reliance

काठमाडौं । सेयर बजारमा आज सामान्य करेक्सन आएको छ। आज नेप्से ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

यसदिन २१ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ। सोमबार २५ अर्ब ७७ करोडको सेयर कारोबार भएको थियो।
सोमबारको तुलनामा मंगलबार कारोबार रकममा ४ अर्ब २६ करोड रूपैयाँ कमी आएको हो।

यसदिन ३३२ वटा धितोपत्रको पाँच करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ। यस्तै छ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। मातृभूमी लघुवित्त, पिपुल्स पावर र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने गुडविल फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

यस्तै, नेपाल फाइनान्सको मूल्य सर्वाधिक ९.९३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार १७८ रूपैयाँमा झरेको छ।

सगरमाथा जलविद्युतको मूल्य ७.११ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७०६ रूपैयाँ कायम भएको छ।

मंगलबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार १७८ रूपैयाँमा ८१ करोड ९९ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार रूपैयाँमा ६८ करोड २१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ पाँच समूहको परिसूचक बढेको छ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले बढेको छ भने  उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया