Nepal Life

हाथवे इन्भेष्टमेन्टको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

NMB Bank
  • BFIS News
  • 2024 Aug 14 10:22
हाथवे इन्भेष्टमेन्टको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?
United Ajod

काठमाडौं । हाथवे इन्भेष्टमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनील गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५०.५९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ५२ पैसा बढेर ३ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१०.४४ गुणा रहेको छ।

कम्पनीले समीक्षा अवधिसम्म २५ करोड ९७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६६.०४ प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ११ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीले यो अवधिसम्म ८ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ ।   

कम्पनीको फेयर भ्यालु रिजर्भमा ३४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।  रिटेन्ड अर्निङ्ग ३७ करोड २१ लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया