Nepal Life

रमेश खरेलले लगाएको आरोपमा कुलमानको आपत्ति : प्राधिकरणको प्रगतिबाट आत्तिएकाहरु मलाई कमजोर बनाउन लागिपरेको छन्

NMB Bank
  • BFIS News
  • 2024 Aug 14 17:38
रमेश खरेलले लगाएको आरोपमा कुलमानको आपत्ति : प्राधिकरणको प्रगतिबाट आत्तिएकाहरु मलाई कमजोर बनाउन लागिपरेको छन्
United Ajod

काठमाडौं । नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले लगाएको आरोपको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन्। घिसिङले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपप्रति आपत्ति जनाएका हुन्।

Shikhar
Nepal Life
NIMB

खरेलले आफूविरुद्ध चरित्रहत्या गरेको आरोप लगाएका उनले कसैको उक्साहटमा लगाइएको दाबी गरेका छन्। खरेलले एन्टीकरप्सन नेटवर्कका तर्फबाट सामाजिक सञ्जालमार्फत घिसिङमाथि विभिन्न आरोप लगाएका थिए।

आज त्यसको जवाफमा विज्ञप्ति नै निकालेर घिसिङले आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हकको सम्बन्धमा आफू अनभिज्ञ नभएको तर उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको आफ्नो ठम्याइ रहेको बताएका छन्।

उनले निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरु भइरहेका बताएका छन्।

‘अंशबन्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन–कानूनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमानदारीपूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहन्छु । यदि मैले त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन्’, जारी विज्ञप्तिमा भनिएको छ।

खरेलले लगाएको आरोपको भ्रममा नपर्न पनि उनले अपिल गरेका छन्। प्राधिकरणले हासिल गरेका प्रगतिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन लागिपरेको घिसिङले बताएका छन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया