Nepal Life

सर्वोत्तम सिमेन्टको आम्दानी बढे पनि नाफामा भने गिरावट, नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

NMB Bank
  • BFIS News
  • 2024 Aug 15 08:23
सर्वोत्तम सिमेन्टको आम्दानी बढे पनि नाफामा भने गिरावट, नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
United Ajod

काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद नाफा घटेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५१  प्रतिशतले कम हो। अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

आम्दानी बढेपनि बिक्री लागत बढेपछि कम्पनीको खुद नाफा घटेको हो।

समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी भने बढेको छ । कम्पनीले बिक्रीमार्फत ६ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८.४६ प्रतिशतले बढी हो । कम्पनीले ४ करोड ३५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कुल खर्च घटेको छ । कुल खर्च १३.९७ प्रतिशतले घटेर ६१ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ अल्पकालिन र १३ करोड ५७ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९५ करोड र कुल चालु दायित्व ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर ३ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ। प्रतिसेयर  कुल सम्पत्तिको मूल्य २९६.८६ रुपैयाँ र तरलता अनुपात १.२२ प्रतिशत कायम भएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया