Nepal Life

नेपाल टेलिकमको नाफा खस्कियो, जगेडा कोषको आकार बढ्दा अन्य वित्तीय विवरण कस्ता?

NMB Bank
  • BFIS News
  • 2024 Aug 15 08:34
नेपाल टेलिकमको नाफा खस्कियो, जगेडा कोषको आकार बढ्दा अन्य वित्तीय विवरण कस्ता?
United Ajod

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सो अवधिमा ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेको छ।

कम्पनीको वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेर ६ अर्ब ४८ करोड ९१ लख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७७ करोड ९२ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६.३२ प्रतिशत घटेर ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। अघिल्लो वर्ष जगेडा कोषमा ७५ अर्ब ९४ करोड ५० लाख रुपैयाँ रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया