Nepal Life

सोनापुरको नाफा ४६.९२ करोड रुपैयाँ ऋणात्मक, अन्य वित्तीय अवस्था पनि कमजोर

NMB Bank
  • BFIS News
  • 2024 Aug 15 08:51
सोनापुरको नाफा ४६.९२ करोड रुपैयाँ ऋणात्मक, अन्य वित्तीय अवस्था पनि कमजोर
United Ajod

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने खुद नाफा ऋणात्मक भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको खुद नाफा ४६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ नाफा गरेको कम्पनीको गत वर्ष भने ऋणात्मक हुन पुगेको हो ।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो। कम्पनीले ६ लाख २१ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।    

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६६.६७ प्रतिशत बढेर ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ र जगेडा कोष ६४.५७ प्रतिशत घटेर २९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको बिक्री तथा वितरण खर्च १ करोड ६७ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ८ करोड ५३ लाख र प्रशासनिक खर्च १२ करोड ३ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ ।  

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २९ करोड २१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६३.२४, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९८.७८ रुपैयाँ र तरलता अनुपात १.०८ प्रतिशत कायम भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया