NIMB Header 2
Nepal Life

नेप्सेले पार गर्‍यो ३ हजारको बिन्दु, कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड

National Life
  • BFIS News
  • 2024 Aug 15 15:43
नेप्सेले पार गर्‍यो ३ हजारको बिन्दु, कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ ।

Shikhar
NIMB

आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ५३५.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एक पटक नयाँ रेकर्ड बनेको छ। यसअघि साउन २८ गते २७ अर्ब २४ करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो। आज २९ अर्ब ९५ करोड रूपैयाँको सेयर कारोबार भएको हो। यो रकम पछिल्लो रेकर्डभन्दा २ अर्ब ७१ करोड रूपैयाँ बढी हो।

बिहीबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटाको घटेको छ। यस्तै एक कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ७० रूपैयाँमा झरेको छ।

बिन्ध्यवासिनी हाइड्रोपावरको मूल्य ७.२२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७०५ रूपैयाँ कायम भएको छ।

बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९८५ रूपैयाँमा ९१ करोड ३३ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.३४ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माइ हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६७८ रूपैयाँ ३० पैसामा ८३ करोड २३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशतले बढेको छ भने  वित्त समूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले घटेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया