NIMB Header 2
Nepal Life

धितोपत्र बोर्डको चेतावनी - सामाजिक सञ्जालमार्फत सेयर किनबेच गर्न उत्साहित गराउने र बजार प्रभावित पार्न खोज्नेलाई कारबाही हुन्छ

National Life
  • BFIS News
  • 2024 Aug 16 17:43
धितोपत्र बोर्डको चेतावनी - सामाजिक सञ्जालमार्फत सेयर किनबेच गर्न उत्साहित गराउने र बजार प्रभावित पार्न खोज्नेलाई कारबाही हुन्छ
Sanima Reliance

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरू खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउनेलाई कारबाही गर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

Shikhar
NIMB

बोर्डले एक सूचना प्रकाशित गर्दै सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनाधिकृत तवरले अन्तर्वार्ता तथा अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरीहरू प्राप्त भएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ, सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँछौं ।’

निश्चित सेयर खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न, नगराउन र त्यस्ता कार्य रोक्न बोर्डले जनाएको छ । यस्ता किसिमका काम कारबाहीका सम्बन्धमा बोर्डले सुक्ष्म निगरानी गरिरहेको समेत जनाएको छ । साथै कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न बोर्डले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया