Nepal Life

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

NMB Bank
  • BFIS News
  • 2024 Aug 18 08:35
१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै  सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
United Ajod

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै ५ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।

Shikhar
Nepal Life
NIMB

कार्यालयले नेपाल सरकारको ५ वर्षे विकास ऋणपत्र–२०८६ भदौ ५ गते बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ। साथै भदौ ६ गते निष्कासन गरिने पनि कार्यालयले जनाएको छ।

इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन्। उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिक सहभागी हुन सक्नेछन्।

ऋणपत्रको विस्तृत जानकारीका लागि कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिने पनि सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया