Nepal Life

हालसम्मकै उच्च मूल्यमा सुन, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Aug 18 12:27
हालसम्मकै उच्च मूल्यमा सुन, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः उच्च मूल्यको रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत साउन २९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

Shikhar
Nepal Life
NIMB

आज सुन प्रतितोला एक लाख ५२ हजार ६ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार आठ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा भने आइतबार सुनको भाउ प्रतितोला तीन हजार रूपैयाँ बढेको हो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेर प्रतितोला एक हजार आठ सय १० रूपैयाँ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया