NIMB Header 2
Nepal Life

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

National Life
  • BFIS News
  • 2024 Aug 18 15:33
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.२३ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार २९ अर्ब ९५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार २८ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब १२ करोड रूपैयाँ कम हो।

यसदिन ३३० वटा धितोपत्रको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर किनबेच भएको हो।

आइतबार ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ वटाको घटेको छ।

यसदिन चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मल्टीपर्पस फाइनान्स र सम्पदा लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८६३ रूपैयाँमा झरेको छ।

सगरमाथा जलविद्युतको मूल्य ८.५२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५८६ रूपैयाँ ४० पैसा कायम भएको छ।

आइतबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९५८ रूपैयाँमा ८२ करोड १४ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.७४ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६७ रूपैयाँमा ७८ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक एक प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यसदिन हाटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.४९ प्रतिशतले घटेको छ भने दोस्रोमा जलविद्युत समूहको परिसूचक ३.७४ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया