सिंगापुरमा रहेका नेपालीहरुबीच फुटसल प्रतियोगिता सम्पन्न
- BFIS News
 - 2024 Aug 18 21:18
 
                    
काठमाडौं । सिंगापुरमा रहेका नेपालीहरु विचमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । नेप्लिज सोसाइटी सिंगापुरको आयोजनामा यहि अगष्ट तीनमा चौंथो नेप्लिस सोसाइटी सिंगापुर फुटसल प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा ६ इलाइट टीम, २ महिला टीम र २ जुनियर टीमको सहभागिता रहेको थियो । यसका अलवा सिंगापुरमा रहेका दर्जनौं नेपालीले पनि सहभागिता जनाएका थिए । प्रयोगिताले म्यानमार र भारतमा रहेका नेपाली भाषीहरुलाई पनि आयोजना स्थलसम्म डोर्याएको थियो ।

एकदिने प्रतियोगितामा ६ इलाइट टीमलाई दुई समुहमा विभाजन गरि लिग चरणको आधारमा होम र अवे रुल अनुसार खेल खेलाइएको थियो । समुह चरणमा सबैभन्दा धेरै अंक पाउने टीम सेमिफाइनलमा पुगेको थिए र त्यसलगत्तै फाइनल खेल पनि खेलाइएको थियो । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपालबाट भएको थियो जसलाई करिब १० लाख मानिसले हेरेका थिए ।

                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया