Nepal Life

नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Aug 21 08:00
नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
NIMB

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ निर्धारण गरिएको छ।

सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलमा आवेदन दिनुपर्नेछ।
 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया