NIMB Header 2
Prabhu Mahalaxmi

आइएमई लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

United Ajod
  • BFIS News
  • 2024 Aug 21 15:54
आइएमई लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त
IME LIFE

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जिएमइको मर्जरपछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन्।

Nepal Life
NIMB

आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तर्देशीय कारोबारमा दख्खल राख्छन्।

आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा  स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसन लगायतका कम्पनी सञ्चालक रूपमा समेत पौडेल कार्यरत थिए।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए फाइनान्स गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तर्देशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन्। साथै खिलेन्द्रले अमेरिकास्थित हार्भड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन्।

उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बीमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने नायव कार्यकारी पौडेलले उल्लेख गरे।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया