Nepal Life

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, १० प्रतिशत बोनस शेयर पछि ७ प्रतिशत हकप्रद शेयर

NMB Bank
  • BFIS News
  • 2024 Aug 25 10:57
प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, १० प्रतिशत बोनस शेयर पछि ७ प्रतिशत हकप्रद शेयर
National Life

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । 

Shikhar
NIMB

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

भदौ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसका साथै बैठकले छैठौँ वार्षिक साधारण सभाबाट अनुमोदन गराएको हकप्रद शेयरको दर पनि संशोधन गरेको छ। नेपाल धितोपत्र बोर्डमा १७ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति मागेको इन्स्योरेन्सले अब बोनस शेयर पश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले मात्र हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको थियो।

साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ पछि कायम चुक्ता पूँजी ४ अर्ब १९ करोडको १० प्रतिशत बोनस शेयर र ७ प्रतिशत मात्रै हकप्रद शेयर निष्काशन गर्न थालेको हो । कम्पनीले यस अगाडी १७ प्रतिशत नै हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया